सिटिजन्स बैंक ‘कर्पोरेट पे’ मा आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 03:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली कार्यान्वयन सम्बन्धि सम्झौता भएको छ । यस प्रणाली अन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । 

बैंकले ग्राहकहरुलाई बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्ने गरी सम्झौता गरेको हो । उक्त प्रणालीमार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जनाएको छ । 

कर्पोरेट पेमा आबद्ध हुन ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । साधारण आवेदनको स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकमा उपस्थित नभई गर्न सक्दछन् । सीमा भन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रक्रिया अगाडी बढाउने व्यवस्था रहेको छ । 

ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सक्नेछन् । 

सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved