बैंक अफ काठमाण्डू कर्पोरेट पे प्रणालीमा आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 04:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited कर्पोरेट पे प्रणालीमा आवद्ध भएको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँको सहकार्यमा कर्पोरेट पे सेवा सुरु गरेको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरे । डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानी बैंक खाताबाट सजिलै गर्न सकिने गरी यो प्रणालीको सुरुवात गरेको हो ।

उक्त प्रणालीमार्फत ConnectIPS वा NCHL-IPS भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहक महानुभावहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन् । संस्थागत ग्राहकले सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैंकमा आवेदन दिनुपर्नेछ । ग्राहकले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । 

बैंक अफ काठमाण्डूले ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved