काठमाडौँ बाहिरबाट पनि सुन बिक्री गर्न बैंकर्स संघ सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 08:02:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स सङ्घले काठमाडौँ उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौँ उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सङ्घका अध्यक्ष भुवनकुमार दाहाललगायत पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन तयार रहेको बताए । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपि सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । सोही कारण उपत्यका बाहिरका व्यवसायी सुन खरीदका लागि काठमाडौँमा आउनुपर्ने झन्झट कायम छ ।

छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्ष तयार रहेको सङ्घका पदाधिकारीले विश्वास दिलाए ।

राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्ष सङ्घको सिफासिरमा बैंकले विदेशबाट कच्चा सुनको आयात गरी महासङ्घको सिफारिशमा व्यवसायीलाई सुन उपलब्ध गराउँदै आएको छ । मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौँकोभन्दा बढी लिने, सुनको स्टक राख्ने, बैंकअनुसार नै फरकफरक रहँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरीद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरी पर्याप्तमात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved