
एनएमबि बैंक NMB Bank Limited ले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बल्खु तरकारी बजार क्षेत्रमा क्युआर कोड प्रविधि मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेवाको सुरुवात गरेका हुन् । गभर्नर अधिकारीले १ धार्नी प्याज किनेर त्यसवापतको रकम मोबाइलबाट क्युआर प्रविधि मार्फत भुक्तानी गरेर सेवाको सुरुवात गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरेका थिए । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।
बैंकका कार्यकारी अधिकृत केसीले भने ‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागी थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं ।’