
सिद्दार्थ बैंक लिमिटेड Siddhartha Bank Limited को उन्नाइसौं वार्षिक साधारण सभा मिति २०७७ माघ १६ गते शुक्रबार काठमाण्डौं, बालुवाटार स्थित आम्रपाली बैङक्वेटमा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ।
कोभिड(१९ महामारीको जोखिम कायमै रहेको र हालसालै नेपालमा कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको संक्रमण पनि देखिएको अवस्थालाई मध्यनजर गर्दै यस बैंकको वार्षिक साधारण सभा अनलाईन (भर्चुुअल) माध्यम मार्फत सम्पन्न गरिएको थियो ।
साधारण सभाले बैंकको चुक्ता पूँजी ९,७८,७७,६७,१३८÷– (अक्षरेपी नौ अर्ब अठहत्तर करोड सतहत्तर लाख सतसठ्ठी हजार एक सय अडतीस रुपैंया¬) को १२ प्रतिशत बराबरको १,१७,४५,३२,०५७ (अक्षरेपी एक अर्ब सत्र करोड पैतालिस लाख बत्तीस हजार सन्ताउन्न रुपैंया) को बोनस शेयर तथा ३ प्रतिशत बराबरको रु. २९,३६,३३,०१४ (अक्षरेपी उनान्तीस करोड छत्तीस लाख तेत्तीस हजार चौध रुपैंया) को नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साथै, बैंकको उन्नाइसौं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट दिनेश शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन्।