
नेपाल राष्ट्र बैंकका ५ जना उप-निर्देशकहरु निर्देशकमा बढुवा भएका छन् । बैंकको जनशक्ति ब्यबस्थापन विभागले शुक्रबार प्रशासन सेवातर्फ रिक्त रहेको पदहरुमा कार्य सम्पादन मुल्यांकनको आधारमा बढुवा गरेको हो ।
निर्देशकमा बढुवा हुने हरुमा निरा ताल्चाभडेल, विज्ञानराज सुवेदी, थानेश्वर आचार्य, नारायणप्रसाद पोखरेल र माधव दंगाल, रहेका छन् । जस अनुसार ताल्चाभडेललाई मुद्रा ब्यबस्थापन विभाग, सुवेदीलाई आर्थिक अनुसन्धान विभाग, आचार्यलाई कानुन महाशाखा, पोखरेललाई गभर्नरको कार्यालय र दंगाललाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ।
राष्ट्र बैंकका अनुसार बढुवा हुने अन्तिम उम्मेदवारले कुल १८८.४५ अंक पाएका छन् ।