
सिद्घार्थ बैंक Siddhartha Bank Limited का अध्यक्ष मनोज कुमार केडियाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । माघ १६ गतेको बैंकको संचालक समिति बैठकबाट सर्वसम्मत अध्यक्षमा चुनिएका केडियाले राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका हुन् ।
केडिया यसअघि पनि २०७३ फागुन ५ देखि बैंकको संचालक समितिको अध्यक्ष थिए ।
केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रा.लि., वृज सिमेन्ट इन्डष्ट्रिज, अर्घाखाँची सिमेन्ट प्रा.लि., श्री स्टिलस् प्रा.लि., एशियन कनक्रेटो प्रा.लि., वृज ग्लास इन्डष्ट्रिज प्रा.लि., केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रा.लि. को समेत अध्यक्ष र प्रबन्ध सञ्चालक रहेका केडियासँग उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव छ ।