नयाँ व्यवसाय गर्न चाहनेलाई १५ लाख ऋण र निुशल्क तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 05:48:15 PM मा प्रकाशित

laxmi bank

सञ्चार तथा सुचनाप्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन् । राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा मन्त्री गुरुङले अर्थतन्त्र उकास्न र बैदेशिक रोजगारीलाई ब्यवस्थीत गदैं देशमै रोजगारीका अवशर सृजना गर्न सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेकाले यसलाई सदुपयोग गर्न आग्रह गरे । 

नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवशर रहेको बताउदैं युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यवसायिक रणनिति हुनुपर्ने बताइन् । 

बैंक तथा बित्तिय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवुरहरुको उपयोग गर्न युवा पुस्तालाई आग्रह गरे । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरेका छन् । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह, बिजनेश अक्सीजनका अध्यक्ष सिद्रान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ लगायतले युवा उद्यमशीलताका चुनौति र अवसरबारे मन्तब्य राखेका थिए ।

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियतकर्जा प्रदान गर्ने पनि बताएका छन् । 

२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा १५ लाखसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved