सामसुङ मोबाइल किन्न सानिमाको निःशुल्क क्रेडिट कार्ड र बिना ब्याजमा किस्ताबन्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 10:42:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले सामसुङको S21 series खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, IMS Smart Pvt. Ltd र Him Electronics Pvt. Ltd. (Samsung Plaza) सँग सम्झौता गरेको छ ।

शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क किस्ताबन्दी प्रशासनिक शुल्क र सामसुङको तर्फबाट प्री‐बुकिङ्ग उपहारहरुको व्यवस्था गरिएको बताईएको छ । यसको प्री‐बुकिङ्ग सुरु भइसकेको छ । ग्राहकहरुका लागि २०७७ माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा लिईएको छ । ग्राहकहरुले IMS Smart Pvt. Ltd र Him Electronics Pvt. Ltd. (Samsung Plaza) का विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् । 

सानिमा बैंकले हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८६ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved