सिद्धार्थ बैंकमा डेबिट कार्डको लागि अनलाईनबाटै आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 05:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले अनलाईन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ । 

यस संगै अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएको र बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने छन्। यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिनु पर्ने र कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्फत अनुरोध गर्ने छ ।

ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved