बिओकेका ग्राहकले खल्तीमा खाता लिंक गराउँदा बोनस पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 05:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले खल्ती डिजिटल वालेटमा खातालाई लिंक गर्दा  १ सय रुपैयाँ बोनस पाउने भएका छन् । ग्राहकले बैंक अफ काठमाण्डूको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने बैंकले जनाएको छ । 

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताले मात्र सहभागी हुन सक्नेछन् ।

खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्दा सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved