बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले खल्ती डिजिटल वालेटमा खातालाई लिंक गर्दा १ सय रुपैयाँ बोनस पाउने भएका छन् । ग्राहकले बैंक अफ काठमाण्डूको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने बैंकले जनाएको छ ।
यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताले मात्र सहभागी हुन सक्नेछन् ।
खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्दा सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।