नेपाल बैंक र बनेपाको आगन्तुक रिसोर्टबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 08:57:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  र काभ्रेको बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित आगन्तुक रिसोर्टबीच छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले डेबिट÷क्रेडिट÷अन्य प्रिभिलेज कार्ड, मोबाईल÷ईण्टरनेट बैंकिङ लगायतका डिजिटल माध्यम मार्फत रिसोर्टको एकोमोडेशन तथा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५% सम्मको छुट पाउने छन्। 

नेपाल बैंकले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईल÷ईण्टरनेट बैंकिङ लगायतका बिभिन्न डिजिटल माध्ययमबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved