आइएमईको ‘भरोषा कोष’ द्वारा प्रदेश २ का १५ जनालाई रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 09:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ‘भरोसा कोष’ ले प्रदेश नम्बर २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरेको छ । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ मा रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

प्रदेश राजधानी जनकपुरमा आयोजित कार्यक्रमकावीच मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए ।

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोषको अवधारणा को विषयमा जानकारी गराए । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । 

कोषबाट सहयोग राशी प्राप्त गर्नका लागि सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने आफन्तहरूले आवश्यक विवरणसहित आइएमई ग्रुपको केन्द्रीय कार्यालय सहित प्रादेशिक कार्यालयहरूमा मंसिर १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved