सनराइजको शाखारहित बैंकिङ सेवा सिराहाको कल्यानपूरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 06:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सिराहाको कल्यानपुर नगरपालिका ७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले यो शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द« शाहलार्ई नियुक्त गरेको छ । योसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ ।

शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन् । 

हाल बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved