ग्लोबल आइएमई बैंक सिन्धुली शाखाको औपचारिक उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 06:15:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited सिन्धुली शाखाको औपचारिक उद्घाटन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् । 

कार्यक्रम बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए । उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । 

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरेका छन् । सँगै निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि QR Code Standee पनि ढकालले हस्तान्तरण गरे । 

ग्लोबल आइएमई बैंकले हाल २६७ शाखा, २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved