सिभिल बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2021 | 09:42:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज 'नेप्से' मा सिभिल बैंक @Civi को शेयर मूल्य समायोजन भएको छ। बैंकको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २१५ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य २३२ थियो । 

बैंकले साधारणसभा प्रयोजनका लागि  माघ २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २२ गतेसम्म कायम शेयरधनीलेमात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले फागुन ९ गते आइतबार सुन्धारा स्थिति आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ ।  बैंकको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 

त्यस्तै सभामा  अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने अधिकारी संचालक समितिलाई दिने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन गर्नु पर्ने त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved