सरकारी चेकको भुक्तानी अवधि १५ दिन कायम गर्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 12:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सरकारी चेकको भुक्तानी अवधि १५ दिन कायम गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंकिंङ विभागले 'क' वर्गका वाणिज्य बैंकहरुलाई सरकारी चेकको भुक्तानी अवधि १५ दिन कायम गर्न निर्देशन दिएको हो । 

अर्थ मन्त्रालयले माघ १९ गते जारी गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को ब्यबस्था बमोजिम राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । नियमावलीको १३२ मा 'सरकारी कोषबाट भुक्तानीको लागि लागि जारि गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने' उल्लेख छ । बैंकले उक्त अवधि नाघेको चेकको भुक्तानी दिनु नहुने ब्यबस्था नियमावलीले गरेको छ । 

यस अघि सरकारी कोषबाट भुक्तानीको निमित्त खिचिएको चेकको भुक्तानी अवधि तीस दिनको हुने ब्यबस्था थियो । राष्ट्र बैंकले माघ १९ गतेसम्म जारी भएका चेकको हदम्याद ३० दिन नै कायम गर्न र त्यसपछिको मितिदेखि काटिएको चेकको अवधि १५ दिन कायम गर्न निर्देशन दिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved