
 2mb (1).gif)
ग्लोबल आइएमई बैंक Global IME Bank Limited र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच ग्राहकलाई छुट प्रदान गर्नको लागि समझदारी भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना÷पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
ग्लोबल आइएमई बैंकले २६८ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।