६ महिनामा घरजग्गामा थपियो १६ अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 10:22:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारीपछि घरजग्गाको कारोबार बढ्दो क्रममा छ । व्यवसाय लयमा फर्किएपछि बैंकहरुले पनि घर जग्गामा लगानी बढाएका छन् । चालु आर्थिक बर्षको ६ महिनामा रियल स्टेट कर्जा र व्यक्तिगत आवासीय घरकर्जा ४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा १६ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । गत असार मसान्तसम्म घरजग्गामा बैंकहरुको कुल लगानी ४ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रहेकोमा पौष मसान्तसम्म आइैपुग्दा लगानी बढेर ४ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । 

तर, गत आर्थिक वर्ष २०७६/०७७ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा भने बैंकले घरजग्गामा गरेको ऋण प्रवाह केही घटेको छ । गत बर्षको ६ महिनामा बैंकले घरजग्गामा ३० अर्ब ७८ करोड ६५ लाख रुपैयाँ लगानी गरेकोमा यसवर्ष को ६ महिनामा भने १६ अर्ब ४८ करोड रुपैयाँ मात्रै लगानी गरेका हुन् । 

लकडाउनका कारण चालु वर्षको पहिलो ३ महिना (साउन, भदौ र असोज) मा घरजग्गाको कारोबार सुस्ताउँदा बैंकको ऋण लगानी घ्टन गएको हो । 

कारोबारले लय समात्दै

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पौष महिनामा देशभर ७६ हजार ५३२ घरजग्गा किनबेच भएका छन् । मंसिरमा ६१ हजार ४ सय ५१ घरजग्गा किनबेच भएका थिए । 

पौषमा ६९ हजार १८२ घरजग्गा रोक्का र ४० हजार २६५ घरजग्गा फुकुवा गरिएको छ । मंसिरमा ५३ हजार २८१ घरजग्गा रोक्का र ३२ हजार २६० घरजग्गा फुकुवा भएका थिए ।

मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागू भएपछि कारोबार बढ्दै गएको विभागको दाबी छ । अहिले देशभरका १२६ मालपोतमध्ये १०८ वटामा अनलाइन प्रणाली लागू भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved