सनराइज बैंकको सीइओमा शर्मा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 01:46:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  को प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

जनक शर्मा पौडेलले मंगलबार प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उनको स्थानमा सुमन शर्मालाई ल्याईएको हो  । उनको कार्यकाल ४ वर्षको हुने छ ।

 यसअघि शर्मा माछापुच्छ्रे बैंकको सीईओ थिए । परिवारका सदस्यको स्वास्थ्यका कारण परिवारलाई बढी समय दिनु परेको र बैंकलाई पर्याप्त समय दिन नसकेपछि उनले कार्यकाल नसकिदै राजिनामा दिएका थिए । माछापुच्छ्रेमा ४ वर्षको लागि नियुक्त भएका उनले २३ महिना मै बैंक छोड्ने निर्णय गरेका थिए।

 सन् १९९७ मा नेपाल एसबिआइ बैंकबाट करियर सुरु गरेका शर्मासँग २४ वर्षको बैंकिङ अनुभव छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved