एनआईसीको डेबिट कार्ड अनलाइनबाटै ब्लक गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 04:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए ब्लक गर्न सक्ने सेवा सुरु गरेको हो ।

बैंकले वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iserve भित्र Card Services मा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहकको आवेदन अनुसार कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकलाई एसएमएसमार्फत खबर गर्ने व्यवस्था समेत छ । 

बैंकले हाल ३३९ शाखा, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved