भेटी चढाएर गर्भनरले गरे सिभिल बैंकको नगदरहित अभियानको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 05:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले नगदरहित अभियान सुरु गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित कार्यक्रमबाट सुरु गरेको अभियानको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

गभर्नर अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदवापतको भूक्तानी क्युआर कोडमार्फत् गरेर अभियानको उद्घाटन गरेका हुन् । कार्यक्रममा सिन्धुली क्षेत्रमा चल्ने ७४ टेम्पू तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको छ।  

गभर्नर अधिकारीले नोट छपाई गर्दा हुने खर्च तथा विदेशीने मुद्रा बचाउन नगदरहित अभियान जरुरी रहेको बताए । नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी बनाउनुपर्ने उनको भनाइ छ। 

बैंकले हाल ११४ शाखा तथा ६ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved