एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 03:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक Nepal Credit & Commerce Bank Limited को विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खड्का एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । सो बैंकमा संस्थापक सीईओ रहेका खड्काले ८ वर्ष काम गरेका थिए ।नविल बैंकबाट बैंकिङ करिअर सुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक र सनराइज बैंकमा समेत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसीमा मर्ज भएपछि बैंकिङ क्षेत्रबाट टाढा रहेका खड्का हाल शुभलक्ष्मी सिमेन्टको प्रबन्ध निर्देशक छन् ।

खड्काको नियुक्तिसँगै एनसीसी बैंकको सञ्चालक समितिले पूर्णता पाएको छ । केही हप्ताअघि सकिएको बैंकको साधारणसभाले संचालक समिति अध्यक्षमा उपेन्द्र केशरी न्यौपाने र सदस्यहरुमा मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा र सुमन जोशीलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved