स्टार्टअप आइडिया कलमा ८७० युवाको आवेदन, १५ दिन म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 05:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) मा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक Rastriya Banijya Bank र विशाल फाउण्डेशनले आयोजना गरेको प्रस्ताव आह्वानको समय थप गरिएको हो । 

बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आइडिया पठाउन सक्नेछन् । १५ दिन समय थप भएपछि अब २०७७ फागुन १५ गतेसम्म आइडिया पठाउन सकिने भएको हो । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार यसअघि मङ्सीर २४ गतेबाट माघ मसान्तसम्म आवेदन माग गरिएको थियो । माघ मसान्तसम्म ८७० वटा आवेदन परेकोस्टार्टअप आइडिया कलका संयोजक विशाल गैरेले जानकारी दिए । उत्पादन र सेवामुलक क्षेत्रमा सृजनात्मकरुपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र उनीहरुले समय थप गर्न आग्रह गरेपछि अब नथप्ने गरी अन्तिमपटक म्याद थप गरिएको उनको भनाई छ । 

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निशुल्क तालीम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पुर्ण प्याकेजको कार्यक्रम भएकाले नेपाली युवाहरुमा उत्साह थपिएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved