सिद्धार्थ बैंकले ल्यायो जेनजेड खाता, २ वर्षसम्म मेरो शेयर र डिम्याट निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 10:02:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन-जेड (Gen-Z) नामक बचत खाता सञ्चालनमा ल्याएको छ । सन् १९९५ र सो भन्दा पछि जन्मेकाहरुले मात्र यो खाता खोल्न सक्ने छन् । नाबालकको हकमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ । 

बैंकका अनुसार अनलाइनबाट पनि खोल्ने मिल्ने यो खाता आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो । यस खातामा ५ लाखसम्मको पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने छ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरुको खातामा न्युन्तम मौज्दात १० हजार हुनुपर्ने बैंकले जनाएको छ । 

यस खातामा पहिलो २ वर्षका लागि डेबिट कार्ड, पहिलो १ वर्षका लागि क्रेडिट कार्ड, पहिलो २ वर्षका लागि इन्टरनेट बैैंकिङ्ग , पहिलो २ वर्षका लागि मोबाईल बैैंकिङ्ग, तथा पहिलो २ वर्षका लागि डिम्याट, मेरो सेयर, र सिआस्वा सेवा निशुल्क हुने बैंकले जनाएको छ । त्यस्तै बैंकले एसएमएस अलर्ट , बैंक स्मार्टमा आईपिओ, एफपिओ , हकप्रद सेयर र म्युचल फन्ड अलर्ट, भाईबर बैैंकिङ्ग, एबीबिएस, खाताको स्टेटमेन्ट, ई-कमर्स कारोबार र कनेक्ट आईपीएस दर्ता सेवा पनि निशुल्क प्रदान गर्ने छ ।  

खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र सिद्घार्थ बैंकस्मार्ट एप मार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशत छुटको प्रदान हुने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved