बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिना धितो ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 02:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले राष्ट्रिय बीमा संस्थानमा एक्सटेनसन काउन्टर संचालनमा ल्याएको छ । साथै बैंकले संस्थानका कर्मचारीलाई बिनो धितो ऋण पनि दिने भएको छ ।

यस सम्बन्धि सम्झौतामा  बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र संस्थानका तर्फबाट प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार  संस्थानका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उ२ेश्यले संस्थानमा बैंकको एक्सटेनसन काउन्टर संचालन गरिएको हो ।   साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । 

नेपाल बैंकले २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतिय÷डिजिलट माध्ययमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved