लक्ष्मी बैंकले एपबाटै २ लाखसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2021 | 11:54:24 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited  ले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। तो कर्जा-रुपी-सेवा (Lending-as-a-Service (LaaS)) रहेको र यस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाख सम्मको कर्जा लिन सक्ने बैंकएल जनाएको छ।

बैंकका अनुसार कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुने र विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको बैंकएल जनाएको छ। 

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको बैंकले उल्लेख गरेको छ। बैंकका अनुसार यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज-पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व-स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिने छ।

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिने र कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved