राष्ट्र बैंकद्वारा ब्याजदर करिडोरसम्बन्धी कार्यविधि संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 04:10:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी कार्यविधि संशोधन गरेको छ । राष्ट्र बैंकले  ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ मा तेस्रो संशोधन गर्दै संशोधित कार्यविधि लागु गरेको हो।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३) को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी  तेस्रो पटक सशोधन गर्दै ' ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (तेस्रो संशोधन, २०७७) जारी गरी लागू गरेको हो ।

 अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाबमोजिम ब्याजदर करिडोर पद्धतिको सुरूवात भई ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरी समयसापेक्ष रूपमा परिमार्जन हुँदै आएको छ ।आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिका व्यवस्थाहरूलाई समावेश गरी नयाँ ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ कार्यान्वयन गरिएको थियो।

हाल सोहि कार्यविधिमा तेस्रो संशोधन भएको हो । संशोधित कार्यविधि हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved