प्रभु बैंकले २४ जना महिला ट्रेकिङ्ग उद्यमीलाई दियो सहुलियत कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 10:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले २४ जना महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंकले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन्   ।कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उधम व्यवसायलाई पून: सुचारु गर्दै  जिवनस्तर सुदृढ पार्न कर्जा प्रदान गरिएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved