ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 07:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्ग मार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । 

 बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved