ग्लोबल आइएमईबाट चितवन जिल्लाको ट्राफिक जरिवाना तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 05:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम उपत्यका बाहिरबाट पनि भुक्तानी गर्ने सेवा सुरु गरेको छ। 

ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ ।

प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका छन् । बैंकका नारायणगढ शाखा प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा बैंकले यो सेवा सुरु गरेको बताए । 

बैंकले हाल २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फतसेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved