बराहतालमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 01:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले फागुन ७ देखि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो।

 बैंकले उत्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायत लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यो बैंकको १०८ औ शाखारहित बैंकिङ्ग सेवा हो । 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।  

बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved