राष्ट्र बैंकद्वारा संचार नीति जारी, अब सामाजिक संजाल मार्फत पनि सूचना दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 02:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सूचना तथा संचार नीति जारी गरेको छ । बैंकले बैंकको सूचना तथा जानकारी सरोकारवालासमक्ष प्रवाह गर्ने पद्दतिलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन सूचना तथा संचार नीति जारी गरेको हो

यस नीतिले बैंकसँग सम्बन्धित सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने र सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पु¥याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

जस अनुसार अब राष्ट्र बैंकले सामाजिक संजाल मार्फत पनि सूचना प्रवाह गर्ने भएको छ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्ने भएको छ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्ने जनाएको छ।

यस नीति बमोजिम सार्वजनिक महत्वको कुनै सूचना प्राप्त गर्न चाहनेले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई सम्बन्धित सूचना अधिकारीसमक्ष निवेदन दिएर सूचना प्राप्त गर्न सकिने उल्लेख छ। 

नीति हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved