राष्ट्रिय व्यवसायी महासंघमा आवद्द उद्यमीलाई सेञ्चुरी बैंकले सहुलियत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 04:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  र नेपाल राष्ट्रिय व्यवसायी महासंघवीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिमसिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरेका छन्।

 बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको हो ।  सम्झौता अनुसार महासंघमा आवद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । 

सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पु¥याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ । 

 बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ बान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved