कुमारी बैंकका ग्राहकलाई जीवन्त एडभान्समा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 10:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा विशेष सुविधा उपलब्ध गराउन सम्झौता गरिएको जनाएको छ । 

सम्झौतामा  बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार जीवन्त एडभान्समा एम .आर .आई, सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड्् शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले १९२ शाखा , १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved