इन्भेस्टमेन्ट बैंकको ३५ वर्षे यात्राः १२ लाख ग्राहक, कर्जाको पोर्टफोलियो १५५ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 02:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) Nepal Investment Bank Limited ले स्थापनाको ३५ औं वर्ष पार गरेको छ । देशभरमा ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधार तयार पारेको छ । 

संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाख बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । यस अवधिमा बैंकले १६९ अर्बको निक्षेप संकलन तथा १५५ अर्ब कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सेवा पुर्याएको छ । 

बैंकले ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजार बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ ।  ऋणा सीधा हजार भन्दा बढी व्यक्तिको लागि प्रदान गरेको छ । 

यस अवसरमा बैंकले “हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहल अन्तर्गत “चिडियाखानाको भ्रमण” र “बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved