सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 09:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै प्रतियोगिता संचालन गरेको थियो  ।

प्रतियोगितामा देशभरबाट १२४ जना कर्मचारीहरुले लेख, एनिमेशन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए । बैंकले सो प्रतियोगिताको नतिजा आज सार्वजनिक गरेको हो ।

  विजेताहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका छन्। उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरु माँझ हर्ष र उत्साह सृजना गर्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने प्रतिबद्दता व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved