
नेपाल ईन्भेष्टमन्ट बैँक Nepal Investment Bank Limited ले विरगंज महानगरपालिका गण्डक स्थित बयोधा अस्पतालको मुल गेट अगाडी एटिएम संचालनमा ल्याएको छ । बैँकका पर्सा शाखा प्रबन्धक अमितेश कुमार यादव र अस्पतालका निर्देशक अशोक बैद्धले संयुक्त रुपमा नयाँ ए.टी.एम बुथको उद्धघाटन गरेका हुन् ।
बैंकको यो १३१ औँ ए.टी.एम. हो । अस्पतालमा आउने सेवाग्राहीहरुलाई सहज होस् भन्ने उदेश्यका साथ बैंकले एटिएम संचालनमा ल्याएको हो ।