गौतम बुद्ध विमानस्थलका ट्याक्सीमा सनराइज बैंकको क्यूआर सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 05:43:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंक Sunrise Bank Limited  ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने प्रवन्ध गरेको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी ब्यवसायी संघका पदाधिकारीहरुको उपस्थितिमा ट्याक्सी चालकलाई क्युआर कोड वितरण गरिएको बैंकले जनाएको छ । 

राष्ट्र बैंकका निर्देशक फुयालले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन राष्ट्र बैंकले अभियान नै सुरु गरेको र यसमा नीजि क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले गरेको सहयोगप्रति धन्यवाद दिए । 

सन्राइज बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनिल मण्डलले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगदरहित कारोबारलाई बढाउँदै लगेको बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved