मोबाइल तथा इन्टरनेट बैंकिङबाट हुने कारोबारको सीमा बढ्यो, शेयर कारोबारीलाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 06:12:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अब शेयर कारोबार गर्दाको सम्पूर्ण रकम अनलाइनबाट नै ब्रोकरलाई तिर्न सकिने भएको छ । यस अघि शेयर खरिदबिक्र गर्दा मोबाइल बैंकिङबाट भए एक पटकमा १ लाखसम्म र इन्टरनेट बैंकिङबाट भए एक पटकमा २० लाखसम्म मात्र भुक्तानी गर्न सक्ने ब्यबस्था थियो ।

अब भने राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशिका संशोधन गर्दै शेयर खरिद बिक्रिको रकम ब्रोकरलाई पठाउन कुनै सीमा नलाग्ने ब्यबस्था गरेको हो । अर्थात् अब जति रकम भए पनि ब्रोकरलाई अनलाइनको माध्यम बाट नै पठाउन सकिने छ ।

त्यस्तै राष्ट्र बैंकले सामान्य अवस्थामा मोबाइल बैंकिङबाट हुने कारोबारको सीमा बढाएर प्रति दिन २ लाख पुर्याएको छ । यस अघि यो सीमा प्रति दिन एक लाख तथा प्रति महिना १० लाख थियो । राष्ट्र बैंकले मासिक सीमा पनि हटाएको छ ।

साथै राष्ट्र बैंकले सामान्य अवस्थामा इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) को कारोबारको सीमा बढाएर प्रति दिन २० लाख पुर्याएको छ । यस अघि यो सीमा प्रति दिन १० लाख तथा प्रति महिना ३० लाख थियो । राष्ट्र बैंकले मासिक सीमा पनि हटाएको छ ।

साथै राष्ट्र बैंकले सामान्य अवस्थामा इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) को कारोबारको सीमा बढाएर प्रति दिन २० लाख पुर्याएको छ । यस अघि यो सीमा प्रति दिन १० लाख तथा प्रति महिना ५० लाख थियो । राष्ट्र बैंकले मासिक सीमा पनि हटाएको छ ।

तर एउटा खाताको पैसा अर्कोमा सार्न, सरकारलाई तिर्नु पर्ने कर लगायतका विविध शुल्क तिर्न, कलेज होटेल रेस्टुरेन्ट लगायतको बिल तिर्न यो सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved