बाणिज्य बैंकलाई नदिएपनि विकास बैंक र फाइनान्सलाई ब्रोकर लाइसेन्स दिन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2021 | 01:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, सिबिफिन का अध्यक्ष पवन गोल्यानले बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिएपनि बिकास बैंक र फाइनान्स कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताएका छन् । 

सिबिफीनको प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा एनएमबि बैंक तथा गोल्यान समुहका अध्यक्ष समेत रहेका गोल्यानले विकास बैंक र फाइनान्सको व्यवसाय विस्तार र क्षमता अभिबृद्धिका लागि पनि उनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताए । 

प्रमुख अतिथिका रुपमा रहेका अर्थमन्त्री बिष्णुपौडेलको उपस्थितिमा बोल्दै गोल्यानले भने, "क बर्गका बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स नदिएपनि ख र ग बर्गका विकास बैंक र फाइनान्सलाई ब्रोकर लाइसेन्स दिनुपर्छ, यसले उनीहरुको क्षमता अभिबृद्धि गर्छ भने सेयरबजारको दायरा पनि बढ्छ।"

विकास बैंक र फाइनान्सलाई ब्रोकर लाइसेन्स दिंदा बजार बिस्तार तथा यसको पहुँचपनि बढ्ने बताउदै अध्यक्ष गोल्यानले अर्थमन्त्री पौडेललाई यसमा बिशेष जोड दिनलाई आग्रह समेत गरे।

त्यस्तै अध्यक्ष गोल्यानले विश्वमा कहीं नभएको प्रमोटर र पब्लिक सेयरको व्यवस्था नेपालमा रहेको र यसले अरबौं पुंजी 'लक' भएको बताउदै एउटा निश्चित समयपछि अनलक हुने व्यवस्थालाई थप सहजीकरण गरिदिनलाई आग्रह समेत गरे। 

त्यस्तै अध्यक्ष गोल्यानले सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अन्य क्षेत्र भन्दा ५ प्रतिशत बढी राजश्व किन उठाइएको भन्नेबारे आफुलाई स्पष्ट जवाफ नमिलेको बताए। सबैभन्दा बढी पारदर्शी रहेको क्षेत्र र सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्रको रुपमा वित्तीय क्षेत्र भएपनि यो क्षेत्रमाथि सबैभन्दा बढी ३० प्रतिशत राजश्वको दर लगाइएकाले यो दर घटाउनलाई गोल्यानले सरकारसंग आग्रह गरे। 

त्यस्तै अध्यक्ष गोल्यानले नेपालका बैंक वित्तीय संस्थाहरु अब ठुला र बलिया भईसकेकाले सहजरुपमा विदेशमा बिशेषगरि छिमेकी राष्ट्र भारत लगायतका देशमा शाखा खोल्न पाउनुपर्ने माग सरकारसंग राखे।  

देशको आर्थिक बिकासका लागि तथा वित्तीय पहुँच बढाउँन सिबिफिनले सबै सरोकारवालाहरुसँग हातेमालो गरेर अगाडी बढ्ने बताउदै अध्यक्ष गोल्यानले बैंक वित्तीय तथा सरोकारका बिषयमा नीति ल्याउँन अगाडी आफुहरुसँग सल्लाह तथा छलफल गरेर अगाडी बढ्नलाई सरकारसँग माग समेत गरेका छन् ।

त्यस्तै अध्यक्ष गोल्यानले सीबीफिनले देशब्यापी रुपमा एसएमई मेला संचालन गर्न गईरहेको समेत जानकारी गराए । उनकाअनुसार सीबीफिनले बुटवलबाट एसएमई मेलाको सुरुवात गर्नेछ । त्यसपछि बर्दिबास हुँदै क्रमिक रुपमा देशभरका बिभिन्न स्थानहरुमा एसएमई मेला हुनेछ । यस मेलाले साना तथा मझौला व्यवसायी तथा एसएमई व्यवसायीहरुलाई वित्तीय पहुँच पुर्याउने र यो कार्यबाट घटीमा ५००० नयाँ उद्यमी जन्माउने लक्ष्य रहेको  उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved