पाटन दरबार क्षेत्रको मन्दिर पुनःनिर्माण गर्न हिमालयन बैंकको १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 04:14:25 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनःर्निर्माणको लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले मन्दिर पुनःनिर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ प्रदान गरेको हो । 

बंैकका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडे पनि उपस्थित थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved