सेञ्चुरी बैंकको १० वर्षः चूक्तापूँजी ९ अर्ब ३ करोड, ७३ अर्ब ८८ करोड ऋण प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 04:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि ‘सरल बैंकिङ्ग सबैंका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गर्दै बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता जनाए । 

बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामनासहित मन्तव्य राखे । कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा गर्दै आएका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो । 

दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत उद्घाटन गरे । 

बैंकले हाल१२२ शाखा, १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ । 

वार्षिकोत्सवको अवसरमा बैंकको विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडांै र बनेपा धुलिखेल शाखामार्फत उज्यालो महिला समाज बनेपालाई एकएक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ । 

सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ । चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुलाई ३५ वटा कुर्सी, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झुम्का शाखामार्फत पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ । टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved