इन्भेष्टमेन्ट बैंकले ल्यायो भारतबाट सहजै नेपालमा पैसा पठाउन सकिने एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 07:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले भारतीय कम्पनी 'बैंक अन अस' को सहकार्यमा 'पैसा पठाउने' एप सञ्चालनमा ल्याएको छ । यस एप मार्फत भरतमा रहेका नेपालीहरुले छिटो, सुरक्षित र कम सेवा शूल्कमा पैसा नेपाल पठाउन सकिने बैंकले जनाएको छ । 

भारतमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यो एप सञ्चालनमा ल्याएको बैंकले उल्लेख गरेको छ ।  एप प्रयोगकर्ताले   भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम पठाउन सक्नेछन् ।

एक पटकमा ८० हजार रुपैयाँ (५० हजार भारु) र वर्षमा १२ पटक पैसा पठाउन सकिने बैंकले जनाएको छ। बैंकका अनुसार एक पटक पठाउने र पाउनेको नाम दर्ता गरेपछि सहजै रकम पठाउन सकिने छ । २४ सै घण्टा प्रयोग गर्न सकिने यस एपले भारतीय केन्द्रीय बैंकले अनुमति दिएका अन्य प्लेटफर्म पनि सपोर्ट गर्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved