नवनियुक्त डेपुटी गभर्नरहरूद्वारा सपथ ग्रहण तथा पदबहाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 07:34:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरू डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले आज पदतथा गोपनियताको शपथ लिई पदबहाली गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उहाँहरुलाई शपथग्रहण गराएका हुन् । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ फागुन २५ गतेको निर्णय अनुसार उनीहरु डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् ।

शपथग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यको क्रममा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएकोमा प्रशन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए । डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनैतिक अवस्थामा पनि समयमै नियुक्ती भएकोमा खुसी व्यक्त गरे।

दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्था अनुसार उनीहरु नियुक्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गरे । आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताए ।

कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नर द्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकोमा संस्था प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको जनाएका छन् । उनीहरुले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पहिले जस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved