राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको कार्य विभाजन, कसलाई कुन समुहको जिम्मेवारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 11:57:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नवनियुक्त डेपुटी गभर्नरहरू डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रको कार्य विभाजन जिम्मेवारी तय गरेको छ ।  नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ फागुन २५ गतेको निर्णय अनुसार उनीहरु डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन्।

दुवै डेपुटी गभर्नरले ४-४ समुहको जिम्मेवारी पाएका छन् । डा. नीलम ढुङ्गाना तिम्सिनाले मौद्रिक तथा विदेशी विनिमय नीति समुह, बैंकिंग ब्यबस्थापन समुह, नियमन तथा सुपरिवेक्षण समुह, र सहायक सेवा समुहको जिम्मेवारी पाएकी छिन् ।  मौद्रिक तथा विदेशी विनिमय नीति समुह अन्तर्गत विदेशी विनिमय ब्यबस्थापन विभाग, र राष्ट्र ऋण ब्यबस्थापन विभाग रहेको छ भने बैंकिंग ब्यबस्थापन समुह अन्तर्गत भुक्तानी प्रणाली विभाग र बैंकिंग विभाग रहेको छ। त्यस्तै सहायक सेवा समुह अन्तर्गत जनशक्ति ब्यबस्थापन विभाग, वित्त ब्यबस्थापन विभाग र सूचना प्रविधि महाशाखा रहेको छ भने नियमन तथा सुपरिवेक्षण समुह अन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभाग रागेको छ । यी सबै विभाग र महाशाखाको जिम्मेवारी डा. नीलम ढुङ्गाना तिम्सिनाले पाएकी छिन् ।

बम बहादुर मिश्रले भने नियमन तथा सुपरिवेक्षण समुह, सहायक सेवा समुः, मौद्रिक तथा विदेशी विनिमय नीति समुह र बैंकिंग ब्यबस्थापन समुहको जिम्मेवारी पाएका छन् । नियमन तथा सुपरिवेक्षण समुह अन्तर्गत बैंक सुपरिवेक्षण विभाग, विकास बैंक सुपरिवेक्षण विभाग, बित्त्त कम्पनी सुपरिवेक्षण विभाग रहेका छन् । त्यस्तै सहायक सेवा समुह अन्तर्गत सम्पति तथा सेवा ब्यबस्थापन, मुद्रा ब्यबस्थापन विभाग, र संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभाग रहेका छन् ।

त्यस्तै मौद्रिक तथा विदेशी विनिमय नीति समुह अन्तर्गत आर्थिक अनुसन्धान विभाग रहेको छ भने बैंकिंग ब्यबस्थापन समुह अन्तर्गत राष्ट्र बैंकका ८ वटा  प्रदेश कार्यालय रहेको छ । विराटनगर, जनकपुर, बिरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज, धनगढी र शुर्खेतमा राष्ट्र बैंकको प्रदेश कार्यलय रहेको छ । यी सबै विभाग र कार्यालयको जिम्मेवारी मिश्रले पाएका हुन् ।

 ब्यबस्थापन समिति, गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाई, र कानुन महाशाखा गभर्नर कै नेतृत्वमा रहने छ । 


दुवै डेपुटी गभर्नरले बुधबार नै पद तथा गोपनियता सपथ लिएर कार्यभार सम्हालेका थिए । सपथ कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नर द्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकोमा संस्था प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको जनाएका छन् । उनीहरुले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पहिले जस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved