पूर्वी नेपालका बसमा बैंक अफ काठमाण्डूको क्यु आर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 01:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले पूर्वी नेपालका विभिन्न बसहरुमा क्यु आर कोड सेवा सुरु गरेको छ । बैंकले आफ्नो डिजिटल कारोबार  विस्तारित गर्नेक्रममा बिहिबारबाट पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यु आर कोड सेवासुरु गरेको हो ।

  बैंकको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यु आर कोड हस्तान्तरण गरेका हुन्। यस सेवाको शुभारम्भ संगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी,बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्ने यात्रुले बसमा राखीएको बैंकको क्यु आर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्ने छन्। साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्ने यात्रुले पानो कोड स्क्यान गरि भाडा तिर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने  सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा  पनि क्यु आर कोड सेवा सुरु गरिएको छ ।  

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved