बिराटनगरको फलफूल तथा गुद्री बजारमा एनएमबि बैंकको क्यूआर कोड भूक्तानी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 02:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यू आर कोडमार्फत भुक्तानी सेवा सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी बैंकले यो सेवा सुरु गरेको हो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतको उपस्थितीमा सेवा सुरु गरिएको बैंकले जनाएको छ । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र पनि प्रदान गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved