अटो रिक्सामा एनसीसी बैंकको क्युआर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2021 | 05:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो । 

बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको हो । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्नुहुँदै अनलाइन भुक्तानीको सेवा सुभारम्भ गरेका हुन्। बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो ।

व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने  बैंङ्कले अपेक्षा लिएको छ । क्यु आर कोड हस्तान्तरण गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पु¥याउन सकिने बताउनुहुँदै सबैलाई यसमा सहयोगका लागि आग्रह समेत गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved